• Home
  • समाचार
  • वीरगंजमा धार्मिक उत्सवसहित पूर्वमन्त्री यादवद्वारा फूलपाती भित्र्याइयो
Image

वीरगंजमा धार्मिक उत्सवसहित पूर्वमन्त्री यादवद्वारा फूलपाती भित्र्याइयो

वीरगंज – बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरमा परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि धार्मिक उत्साहसाथ सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवले शुभ साइतमा शास्त्रीय विधिपूर्वक फूलपाती भित्र्याएका हुन्।

सो अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा मन्दिर परिसरमा विशेष पूजा–अर्चना र धार्मिक विधिहरू सम्पन्न गरियो। भक्तजनहरूले देवी भगवती श्री राधेमाईको दर्शन गर्दै आशीर्वाद प्राप्त गरे।

पूर्वमन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

फूलपाती भित्र्याउने यस परम्परागत अनुष्ठानले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् उत्साहपूर्ण बनाएको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *