• Home
  • राजनीति
  • संविधान र संघीयताको रक्षा गर्न राजीनामा नदिने मुख्यमन्त्री सिंहको घोषणा
Image

संविधान र संघीयताको रक्षा गर्न राजीनामा नदिने मुख्यमन्त्री सिंहको घोषणा

जनकपुरधाम – संविधान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै संघीयता र लोकतन्त्रको रक्षा गर्न अडिग रहने प्रतिवद्धता जनाएका छन्।

शुक्रवार मधेस भवनमा आयोजित कार्यक्रममा सिंहले “संविधान केवल कानुनी दस्तावेज नभई संघर्ष, बलिदान र त्यागको प्रतीक हो” भन्दै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। संघीयताको जन्मभूमि मधेश भएको स्मरण गर्दै उनले समावेशिता र समानुपातिक व्यवस्थाले सबै समुदायलाई राज्य सञ्चालनमा सहभागी गराउने अवसर सुनिश्चित गरेको बताए।

उनले सामाजिक सञ्जालमार्फत भदौ २४ मा राजीनामा संकेत गरे पनि संघीयतामाथि नकारात्मक प्रभाव पर्ने भएकाले पछि हटेको स्पष्ट पार्दै भने, “म पदमा दृढ छु। प्रदेश सभाबाट बहुमत नपाए मात्र पद छोड्छु।”

मुख्यमन्त्री सिंहले जेनजी आन्दोलनका क्रममा दुई दिनमै दशक लामो माओवादी जनयुद्धभन्दा ठूलो भौतिक क्षति भएको दाबी गर्दै मधेसी जनतालाई संघीयता जोगाउन एकजुट हुन आह्वान गरे। पार्टीको स्पष्टीकरण र फिर्ता बोलाउने निर्णयका बाबजुद उनले राजीनामा नदिने अडान दोहोर्‍याए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ४ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *