• Home
  • ताजा समाचार
  • भोटेकोशीमा राष्ट्रिय युवा संघको वृक्षारोपण तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
Image

भोटेकोशीमा राष्ट्रिय युवा संघको वृक्षारोपण तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

भोटेकोशी, सिन्धुपाल्चोक ।
राष्ट्रिय युवा संघ नेपाल, भोटेकोशी गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी पहिलो बैठक आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रम दिनेश न्यौपाने, उर्गेन लामा र साङ्गे शेर्पाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा भोटेकोशीका स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहँदा वातावरण संरक्षणसँगै युवा सशक्तीकरण र संगठन विस्तारमा समेत सकारात्मक सन्देश गएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला सदस्य छिरिङ शेर्पा रहनुभएको थियो। विशेष अतिथिका रूपमा युवा संघका जिल्ला अध्यक्ष सुरज लामा, पालिकास्तरीय पदाधिकारीहरू, तथा अनेरास्ववियु सिन्धुपाल्चोकका विभागीय प्रमुख निशान परियारको समेत उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका विभागीय प्रमुख निशान परियारले भने, “विकास सहरको कुर्सीमा बसेर सम्भव छैन। साँचो परिवर्तन गाउँबाटै सुरू हुन्छ, जहाँ समस्या प्रत्यक्ष देखिन्छ। अब माथिबाट आदेशको पर्खाइ नगरी युवाहरूले तल्लो तहमै सक्रिय हुनुपर्छ।”

त्यसैगरी, युवा नेता दिनेश न्यौपानेले युवाहरूको एकताको महत्वमा जोड दिंदै भन्नुभयो, “गाउँ–समाजको विकासको आधारशिला युवाहरू हुन्। जब युवाहरू एकजुट भएर अघि बढ्छन्, तब समाज र देश परिवर्तन सम्भव हुन्छ।”

जिल्ला अध्यक्ष सुरज लामाले यस्ता कार्यक्रमहरू संगठन सुदृढीकरणका लागि आवश्यक रहेको बताउँदै भन्नुभयो, “वृक्षारोपणजस्ता अभियानहरू निरन्तर सञ्चालन गर्नुपर्छ। संगठनको प्रभाव गाउँमै देखिनुपर्छ, आदेशको प्रतीक्षा गरेर मात्र परिवर्तन सम्भव हुँदैन।”
उहाँले सम्पूर्ण पालिका कमिटीहरूलाई grassroots स्तरमा काम गर्दै जनसरोकारका अभियानलाई निरन्तरता दिन आह्वान गर्नुभयो।

कार्यक्रममा अन्य पालिकाका युवा नेताहरूको समेत उपस्थिति रहेको थियो भने वृक्षारोपण अभियान सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *