• Home
  • ताजा समाचार
  • क्यापिटल क्विन नेपाल २०२५’ को ताज करुणा भुजेल श्रेष्ठलाई
Image

क्यापिटल क्विन नेपाल २०२५’ को ताज करुणा भुजेल श्रेष्ठलाई

ललितपुर – राजधानीका महिलाहरूबीच आयोजित सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ को उपाधि जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले जितेकी छन्। शनिबार ललितपुरको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न नवौँ संस्करणको प्रतियोगितामा उनले उपाधिसहित ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ का लागि लन्डनमा आयोजना हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेकी हुन्।

प्रतियोगितामा अनिता लामा फस्ट रनरअप तथा सीता राई सेकेन्ड रनरअप घोषित भए। हिमालय मुभिजद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न पेसा, उमेर र पृष्ठभूमिका एक दर्जनभन्दा बढी महिलाहरूको सहभागिता थियो। सहभागीहरू करिब तीन साता व्यक्तित्व विकास, प्रस्तुति कला, क्याटवाक, फोटोसुट, भिडियोसुट, तथा सार्वजनिक भाषण सम्बन्धी प्रशिक्षणमा सरिक भएका थिए।

कार्यक्रममा कोरियोग्राफर हिमानी सुब्बाको सोलो प्रस्तुति र कलाकारहरूको आकर्षक नृत्यले वातावरण झनै रंगीन बनाएको थियो। प्रतियोगितामा सहभागीहरूलाई विभिन्न उपाधि र सबटाइटल अवार्ड पनि प्रदान गरियो। जसअनुसार:

  • बेस्ट ट्यालेन्ट: रन्जना सिंह
  • बेस्ट पर्सनालिटी: माया तामाङ
  • बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस: करुणा भुजेल श्रेष्ठ
  • मोस्ट डाइनामिक: मन्दिरा श्रेष्ठ
  • मोस्ट स्मार्ट: अनिता लामा
  • मोस्ट डिलीजेन्ट: सीता राई
  • मोस्ट डिलाइटफुल: मिना श्रेष्ठ
  • मोस्ट डिसेन्ट: दिना राई
  • मोस्ट एक्टिभ: अन्जना राई
  • मोस्ट चार्मिङ: सन्चिता खत्री
  • मोस्ट प्यासोनेट: सजिना तामाङ
  • मोस्ट डेडिकेटेड: गीता राजवंशी र सिताश्री बस्नेत
  • पब्लिक च्वाइस भिडियो: सन्चिता खत्री
  • बेस्ट मल्टिमिडिया: रन्जना सिंह

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ अभिषेक खड्का, पूर्व विजेता लिला राई, र मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए।

यो प्रतियोगिता महिलाको आत्मविश्वास, प्रतिभा र नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था हिमालय मुभिजले जनाएको छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *