Image

एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी

‘नेपालकी छोरी हुँ म
यही हो मेरो घर
गुन्यु चोली पटुकी
मलाई साह्रै सुहाउँछ…’

पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो ।

बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् । नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।
‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो । गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ । ’

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *