• Home
  • ताजा समाचार
  • हरि खेतान क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
Image

हरि खेतान क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा – आज मिति २०८२ साल वैशाख १५ गते सोमबार बिहान ८:१५ बजे ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर, र आफन्त नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।

सो कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी, नारायणी अस्पताल (OCMC) का प्रतिनिधिहरू, आफन्त नेपालका पदाधिकारी लगायत गरी करिब २२० जना सहभागी थिए। कार्यक्रममा मानव बेचबिखन तथा लैङ्गिक हिंसाको रोकथाम, नीति नियम, दण्ड सजाय तथा जरिवाना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरियो।

कार्यक्रममा उपस्थित प्रमुख व्यक्तित्वहरूमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, शसस्त्र प्रहरी बल १३ नं गण हे कवा वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक निरोज चौलागाईं, प्रहरी चौकी आदर्श नगरका प्रहरी नायव निरीक्षक प्रदीप कुमार गोले, हरि खेतान बहुमुखी क्याम्पस प्रमुख किशोरी राय यादव, OCMC नारायणी अस्पतालका नर्सिङ अधिकृत हेमा थापा, आफन्त नेपाल वीरगंजका शाखा प्रमुख मनु राणा लगायत अन्य विशिष्ट अतिथिहरू सहभागी थिए।

कार्यक्रममा सञ्चारकर्मी सन्तोष रञ्जितकार र सुष्मिता यादव, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य त्रिलोक चन्द दारुका, वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमिरे लगायतले समेत सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने र कानुनी ज्ञान विस्तार गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकहरूले जानकारी दिएका छन्।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *