• Home
  • ताजा समाचार
  • चिरञ्जीवी यादवको नेतृत्वमा गृहमन्त्रीको पुतला दहन, सिरहामा नागरिकता विवाद चर्कियो
Image

चिरञ्जीवी यादवको नेतृत्वमा गृहमन्त्रीको पुतला दहन, सिरहामा नागरिकता विवाद चर्कियो

सिरहा, १९ चैत्र: चिरञ्जीवी यादवको नेतृत्वमा सिरहामा भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउने प्रकरणको विरोध गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरिएको छ। मंगलबार साँझ चोहर्वामा स्थानीयहरूले विरोध प्रदर्शन गर्दै गृहमन्त्री लेखकको पुतला जलाएका हुन्।

भारतीय नागरिक मोस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेका नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

मोस्ताक मियाँले भारतको बिहार, मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका स्थायी बासिन्दा हुँदाहुँदै २०८० असार २६ गते जिल्ला प्रशासन कार्यालय सिरहाबाट नेपाली नागरिकता प्राप्त गरेका थिए। नागरिकता दिलाउने क्रममा नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ गते नै पक्राउ गरिसकेको छ।

यस प्रकरणले सिरहामा नागरिकता वितरण प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयहरूले दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २१ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *