• Home
  • जिवनशैली
  • सिराहा औरही गाउँपालिका-५ मा दलित समुदायमाथि अमानवीय व्यवहार, प्रतिनिधिसभामा उठ्यो आवाज
Image

सिराहा औरही गाउँपालिका-५ मा दलित समुदायमाथि अमानवीय व्यवहार, प्रतिनिधिसभामा उठ्यो आवाज

२०७८ चैत्र ७ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सम्झना थपलियाले सिराहा जिल्लाको औरही गाउँपालिका-५ मा भएको दलित समुदायमाथिको विभेदको गम्भीर निन्दा गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

घटनाअनुसार, गाउँपालिकाको आदेशमा दलित डोम समुदायका घरहरू डोजर लगाएर भत्काइएको छ। स्थानीयस्तरमा ‘दलित बस्ने भूमि अपवित्र छ’ भन्ने सोच राख्दै दलित समुदायमाथि दुव्र्यवहार गर्दै उनीहरूको घर भत्काइएकाले मानव अधिकार र सामाजिक न्यायको गम्भीर उल्लङ्घन भएको सांसद थपलियाले बताउनुभयो।

नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानले छुवाछूत मुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा पनि यस्ता घटनाहरू दोहोरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको सांसद थपलियाको भनाइ छ। उनले यस अमानवीय घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दै सदनमा बुलन्द आवाज उठाउनु भएको छ।

यस घटनाले समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूतको विकराल स्थिति पुनः उजागर गरेको छ। सांसद थपलियाले न्यायको पक्षमा दृढ अडान राख्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।

https://www.facebook.com/share/v/17cQ3i8ioB/

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १७ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १९ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *