For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली
Image

सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् ।

मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन् ।

उनले भने- ‘तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन् ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गर्दै भने- ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ ।  भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ११ घण्टा अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ हप्ता अगाडि
ByBySulav Rijal २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *