• Home
  • ताजा समाचार
  • साजन जयसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग वाणिज्य संघको केन्द्रीय कमिटी गठन
Image

साजन जयसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग वाणिज्य संघको केन्द्रीय कमिटी गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उधोग वाणिज्य संघको सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

काठमाडौंको अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन, अमितकुमार साह, महासचिवमा पवनकुमार साह, सचिवमा अमित सर्राफ, सहसचिवमा रामनारायण साह र कोषाध्यक्षमा संजीव जयसवाल सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी संघको सदस्यहरुमा पवन जयसवाल, उपेन्द्र साह, चुनुलाल जयसवाल, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिशकुमार जयसवाल, निसा कुमारी, रौशनकुमार गुप्ता, प्रदिपकुमार गुप्ता, सन्देश साह, विमल विश्वकर्मा, बिजय महतो, धर्मेन्द्रप्रसाद साह, सुशील गुप्ता, किरण देवी, विशालकुमार अग्रवाल, संजीव श्रेष्ठ, चन्दनकुमार गुप्ता, देवकुमार साह, दिनेश साह, निरज दुवे, उमेश साह, राजु अंसारी, सिकिन्द्र शर्मा, सुनिल साह, रमाशंकर साह, रामायण साह, प्रेम साह, सन्दिप कुशवाहा, रामचन्द्र चौधरी गौरव अग्रवाल, रवि रौनियार, प्रेम रौनियार, साकिर खान, आर्यन शाह, राजकुमार जयसवाल, लालन साह, कुन्तीमाया थापा मगर लगायतका रहेका छन् ।

राष्ट्रिय भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलाको उदघाटन गर्दै उनले नेपालको उधोग वाणिज्यको बिकासका लागि संघले गम्भिर भएर काम गर्नुपर्ने बताए । सरकारको गलत नीति एवं सरकारको गैरजिम्मेवार कार्यले नेपाली उधोग व्यवसाय धरासायी बन्दै गएको बताउँदै तिनको बिकासका लागि संघले योजनाबद्ध लाग्नुपर्ने बताए ।

संघको सम्पन्न भेलाले बिभिन्न राष्ट्रिय महत्वको विशेष प्रस्ताव पारित गरेको छ । नेपालको उधोगव्यवसायको बिकासका लागि सरकारले विशेष पहल लिनुपर्ने र त्यसका लागि संघले दबाबमुलक कार्य गर्नेछ । नेपालको बन्द रहेका सरकारी उधोग सञ्चालन गर्नुपर्ने, नेपालको उधोगव्यवसायमा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिनुपर्ने, औधोगिक क्षेत्रको बिकासका लागि विशेष योजना लागु गर्नुपर्ने, बिभिन्न कारणले बन्दरहेका नीति स्तरका उधोगलाई सञ्चालन गर्नका लागि सरकारले विशेष सहयोग गर्नुपर्ने लगायतका विशेष प्रस्ताव भेलाले पारित गरेको छ ।

यसैगरी आम उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा संघर्षका कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने प्रस्ताव भेलाले पारित गरेको छ ।

यस्तै सबैको साझा सहर संघीय राजधानी काठमाडौंमा कबाड र गारमेंट लगायतका आम खुद्रा व्यापारी – व्यवसायीहरुमाथि भएको अनुचित दमन एवं गैरकानूनी हर्कतहरुको घोर भर्तस्ना गर्दै राज्यले यसमा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने धारणा सहित न्याय प्राप्तिकालागि जारी आन्दोलनमा ऐक्यबद्धता सहित आपसी सद्भाव, सहयोग र सहभागिता कायम राख्ने प्रस्ताव भेलाले पारित गरेको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *