• Home
  • खेलकुद
  • वुमन्स प्रिमियिर लिगः दिल्ली क्यापिटल्सको दोस्रो जित
Image

वुमन्स प्रिमियिर लिगः दिल्ली क्यापिटल्सको दोस्रो जित

काठमाडौं । वुमन्स प्रिमियिर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २५ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्यको जवाफमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो । बैंग्लोको पहिलो हार हो ।पहिले ब्याटिङमा आएको दिल्लीको टोलीले राम्रो सुरुवात गरेको थियो । मेग ल्यानिङ ११ रन बनाएर आउट भएपछि शेफाली वर्मा र एलिस क्याप्सीबीच ८२ रनको साझेदारी भएको थियो ।

 एलिस क्याप्सीले ४६ रन बनाइन् भने शेफाली वर्माले ५० रनको उत्कृष्ट पारी खेलिन् । इनिङ्सको अन्त्यमा मारिज्ने क्यापले ३२ रन र जेस जोन्सनले ३६ रनको अविजित इनिङ खेल्दै टोलीको स्कोर २०० को नजिक पु¥र्याएका थिए । बैंगलोरका लागि सोफी डेभिन र नादिन डे क्लर्कले २–२ विकेट लिए ।

१९५ रनको लक्ष्यको जवाफमा आरसीबीले उत्कृष्ट सुरुवात गरेको थियो । स्मृति मन्धाना र सोफी डेभिनले पहिलो विकेटका लागि ७७ रन जोडे । सोफी डेभिनले २३ रन जोडेपछि मन्धनाले सबिनेनी मेघनासँग ३५ रन जोडिन् ।

 कप्तान स्मृति मन्धानाले ७७ रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन् । मन्धानाको विकेट गुमेपछि दिल्लीले खेलमा आफ्नो पकड बलियो बनाएको थियो । सेविनेनी मेघनाले ३६ रन बनाएर बैंग्लोरको टोली २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउन सफल भयो र खेल २५ रनले पराजित भयो । दिल्लीका लागि जेस जोनसनले सर्वाधिक ३ विकेट लिँदा मार्जिनेन केप र अरुणधती रेड्डीले दुई दुई विकेट लिए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *