• Home
  • ताजा समाचार
  •  पहिलो पटक काठमाडौं बाहिर राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न
Image

 पहिलो पटक काठमाडौं बाहिर राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

काठमाडौं । भैरहवामा भएको  राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेको छ । पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालाई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय तथा सहकार्यमा भएको राष्ट्रिय महिला उद्यमी सम्मेलन भएको हो ।

सम्मेलनमा महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुँच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना विषयमा छलफल गरी निष्कर्ष सहितको सुझाव तयार भएको र सम्बन्धित निकायहरुमा प्रस्तुत गरिने नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी बिकास समितीको सभापति कमला श्रेष्ठले जानकारी दिइन ।

यस्तै सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजाल मार्फत तिनै तहका सरकारमा निरन्तर पैरवी गर्ने, महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन सुचारु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराई कार्यान्वयन गर्न पहल गर्ने, घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने वाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरि कार्यान्वयनको जोडदार माग गर्ने, उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आवद्ध गर्ने निश्कर्ष निकालेको छ ।

यस्तै अन्तराष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आँकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने, महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजार बिस्तारमा सघाउने उद्देश्यसहित बाहै महिना उपलब्ध हुने गरी संघ, प्रदेश र स्थानीय तहमा प्रदर्शनी÷बिक्री स्थलको व्यवस्थाका लागि पहल गर्ने र उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लान प्रोत्साहन दिने । महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने, महिला उद्यमीहरूका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने । सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने ।

सन् २०२६ मा नेपालअतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा महिला उद्यशिलतामा पर्नसक्ने प्रभाव न्युनिकरणका लागि विशेष पहल आवश्यक भएको सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने । सथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनु पर्ने बिषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने , लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने । बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने निश्कर्ष निकलिएको सभापति श्रेष्ठले जानकारी दिइन ।

 महिलाहरुलाई उद्यममा उत्तेजना प्रदान गरेको छ । धेरै कुरा सिक्ने बुझने मौका पहिलो सम्मेलनले गरेको छ यसमा उद्यमी महिलाहरुको समस्या, गुनासो, चुनौतीबारे प्रत्यक्ष रुपमा बुझने र छलफल गर्ने मौका मिलेको सभापति श्रेष्ठले जानकारी दिइन ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी बिकास समितीको अगुवाइमा दुई दिने सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब दुई सय जनाबढि महिला उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरुका स्टलहरु समेत रहेको थियो ।

 नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रमा महिलाहरुको ठूलो सहभागिता हुनु पर्छ भनि यो सम्मेलनले उत्साहित बनाएको छ । अप्रत्यक्ष रुपमा महिलाको सहभागिता अर्थतन्त्रमा देखिए पनि प्रत्यक्ष रुपमा सहभागिता हुनुपर्छ पनि जागरणकोे बोध गराएको छ । विश्वको पर्यटन क्षेत्रमा ५६ प्रतिशत महिलाहरुको सहभागिता रहेको अवगत गराउदै उनले नेपालमा धेरै सम्भावना बोकेको क्षेत्र पर्यटन हो, होटल मात्रै पर्यटन व्यवसाय नभई हस्तकला, होजियारी, कृषिलाई पनि पर्यटन र उत्पादनसँग जोड्न सकिने कुराको बृहत छलफल भएको बताए । नितिगत केही कठिनाईलाई सम्मेलनको निश्कर्षले सहजीकरण गर्दै लैजानेमा सहयोग गर्ने अध्यक्ष शर्माले बताए ।

सम्मेलनमा सहभागी महिला उद्यमीबीच भेटघाट र परिचयको माध्यमले एक अर्कामा समन्वयकारी भुमिकाबाट उत्पादन हरुको बारेमा सहजीकरण र बजारीकरणमा सहयोग हुने छ । बित्तीय व्यवस्थामा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको यथार्थताका वारेमा छलफल र समाधानका उपायहरुबारे छलफल गरिएको थियो । महासंघको आयोजनामा पहिलो पटक लुम्बिनी प्रदेशमा हुन गइरहेको सम्मलेन सात वटै प्रदेशमा क्रमश हुने छ ।

Related Posts

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

  काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा…

ByByanjana soni १ दिन अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ दिन अगाडि

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर…

ByByDeveloper Team ३ दिन अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि
1 Comments Text
  • Binance注册奖金 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.bh/register?ref=IHJUI7TF
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *