• Home
  • समाचार
  • गौतमबुद्ध विमानस्थलको धर्ना जारी, दिल्ली र नोयडामा विमान चलाउँदैछौं : मन्त्री किराँती
Image

गौतमबुद्ध विमानस्थलको धर्ना जारी, दिल्ली र नोयडामा विमान चलाउँदैछौं : मन्त्री किराँती

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने भएकाे हाे ।

वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएपनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जानउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

साेमवार भएको छलफलबाट खासै उपलब्धी नभए पछि मंगलबार प्रधानमन्त्रीसँग समय लिई छलफल हुनेछ । हवाई कम्पनिहरुले उडानका लागि सकारात्मक भएको जनाए पनि उपलब्धीमुलक निर्णय नभएकोले विरोध स्वरुप भएको धर्ना जारी रहने सञ्जालले जानकारी दिएको हाे ।

विमानथल अगाडि निरन्तर धर्नाको कार्यक्रम भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिद्धार्थ सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश तीनवटै संस्थालाई पत्राचार गर्दै अन्तराष्ट्रिय उडान संचालनको व्यवस्था मिलाउने विषयमा सरोकारवाला निकायसँग छलफलको लागि बोलाएको थियो । साे क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन गर्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसँग सोमबार छलफल गरेको हाे ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलको अवस्था, संचालन , चुनौति र अवसरका बिषयमा जानकारी गराएका थिए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभए पछि निजि क्षेत्र निराश छन । उद्घाटन भएको लामो समय वित्दा समेत राज्यले अर्बौ लगानी गरेर पनि अन्तराष्ट्रिय उडान गर्न उदाशिनता देखाएकोेले निजी क्षेत्रले पूर्ण सञ्चालनको लागि दबाब मुलक कार्यक्रम गर्दै आएका छन । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया लगायतपटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले निजी क्षेत्र बाध्य भएर विरोधको कार्यक्रम गरिरहेका छन ।

छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तराष्ट्र्रि बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन । ‘म आजै देखी काममा लागे तपाईहरु हेर्नुहोस, यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ,’ उनले भने ।

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित गर्नेमा सबै निकायहरु सँग छलफल सुरु भएकाे जनाउँदै छिट्टै भैरहवा दिल्ली , भैरहवा नोयडा उडान गराउन लागेकाे पनि उनले जानकारी दिए । साथै भैरहवाको बिमानस्थल हेण्डीलिड. गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरि कार्यन्वयन गर्ने तयारीमा रहेकाे मन्त्री किरातीले जानकारी दिए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • binance Отваряне на профил says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *