• Home
  • समाचार
  • नेपाली नागरिक गठबन्धन सरकारका कारण भाडाका सेना हुन विदेशिए : जिफन्ट
Image

नेपाली नागरिक गठबन्धन सरकारका कारण भाडाका सेना हुन विदेशिए : जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो । जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर सङ्गठन हो ।

आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग प्रमुख रमेश बडालले बताए ।

जिफन्टले आइतवार सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेशिक रोजगारीमा गएको उल्लेख छ । गत वर्षको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको भन्दै उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए । जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे । प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *