• Home
  • समाचार
  • आजको हरियो तरकारी तथा फलफूलको मुल्य, कुरिलोमा चारसय रुपैयाँ बढ्यो
Image

आजको हरियो तरकारी तथा फलफूलको मुल्य, कुरिलोमा चारसय रुपैयाँ बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ । शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरीलो एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोहि कुरीलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।

समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य १ सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ । आज हरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी,पाकेको फर्सी,हरियो प्याज,डल्ले च्याउ,भिण्डी,कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । शनिबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ ।

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४, सेतो आलु ३०, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानिय काउली २५, मूला रातो १५, सेतो मूला ८, भन्टा लाम्चो ४०, मकै बोडी ६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १२०, लौका ५०, परवल लोकल ७०, भिण्डी १२०, फर्सी पाकेको ३३, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

आज रायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य १६०, डल्ले च्याउ २८०, कुरीलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ । शनिबार फलफूलमा फूजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २००, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *