• Home
  • समाचार
  • नेपाल सुपर लिगः झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा
Image

नेपाल सुपर लिगः झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । झापा पहिलो जितको लक्ष्यमा मैदान जाँदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

जारी खेलमा १ अंक सहित अंक तालिकाको आठौं स्थानमा रहेको जितबिहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १ ÷१ को बराबरी खेलेको झपाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो ।

यता अघिल्लो सिजनको साविक विजेता काठमाडौं रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएको थियो । विदेशी खेलाडीको वचस्व रहेको दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *