• Home
  • समाचार
  • इजरायल र हमासबीचको युद्धविराम २ दिन थप गरियो
Image

इजरायल र हमासबीचको युद्धविराम २ दिन थप गरियो

काठमाडौं। गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो ।

हमासले पनि कतार र इजिप्टसँग इजरायलसँगको मानवीय युद्धविरामलाई दुई दिन लम्ब्याउन सहमत भएको विज्ञप्ति जारी गरेको छ । हमासका एक अधिकारीले कतार र इजिप्टका प्रयासमा अस्थायी मानवीय युद्धविराम थप दुई दिन लम्ब्याउन सम्झौता भएको बताएका थिए । सम्झौताका सर्तहरूमा कुनै परिवर्तन भएको छैन ।

यसपटक पनि सम्झौतामा विगतको युद्धविरामको जस्तै शर्त रहनेछ ।यसैबीच, प्यालेस्टिनी कूटनीतिज्ञ रियाद अल्माल्कीले युरोपेली संघ, पश्चिम एसियाली र उत्तर अफ्रिकी देशहरूका सदस्यहरूसँगको बैठकमा गाजामा युद्धविरामलाई थप गर्न जोड दिन अनुरोध गरे ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *