• Home
  • समाचार
  • नेपाल सुपर लिग,आज झापा र इलामबीच प्रतिस्पर्धा हुँदै
Image

नेपाल सुपर लिग,आज झापा र इलामबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदै छ । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै एनएसएलमा नयाँ टोली हुन् ।खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजे सुरु हुनेछ ।

नयाँ टोली इलामले पहिलो उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलमा १–० ले पराजित भएको थियो ।झापाको लागि भने आज यो पहिलो खेल हुनेछ । राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन

ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज रहेका छन् ।

उता इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजनमा उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् । इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामालगायतका खेलाडी छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । मेघराज केसीले टिमलाई प्रशिक्षण गरेका छन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *