• Home
  • राजनीति
  • वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको छ :  शंकर पोखरेल
Image

वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको छ :  शंकर पोखरेल

काठमाडौं । वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणमा नेपालको हित भन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाएका हुन् । एमालेको मुगु जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताएका हुन् ।

‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भैरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन । जनताको विस्वास र भरोसा टुटेको छ । संसद संसदजस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन् । सरकार सरकारजस्तो छैन, देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन । अहिलेको सरकार विदेशीहरुको सामु लम्पसार पर्ने सरकारका रुपमा गठबन्धन सरकार रहेको छ,’ पोखरेलले भने ।

‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरुले जेजे चाहन्छन् सबैकुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो ।’ पोखरेलले व्यंग्य कसे । उनले देशको अर्थतन्त्र विग्रनु र देश विग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको आरोप लगाए । कार्यक्रममा कर्णाली प्रदेशका ईन्चाज समेत रहेका पूर्व मन्त्री लेखराज भट्टले नेतृत्व वर्गको कमजोरीका कारण विकासको सम्भावना बोकेर पनि कर्णाली आर्थिक, सामाजिक विकासमा पछि परेको धारणा राखे ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • binance тркелгсн жасау says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *