• Home
  • समाचार
  • नेपाल सरकार र एसियाली विकास बैंकबीच १३ अर्ब भन्दा बढीको ऋण सम्झौता
Image

नेपाल सरकार र एसियाली विकास बैंकबीच १३ अर्ब भन्दा बढीको ऋण सम्झौता

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सुदृढीकरण सेवा प्रवाह कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई करिव १३.३३ अर्ब सहुलियतपूर्ण ऋण दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयमा शुक्रबार सचिव डा.कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड काचोइसले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अर्थ मन्त्रालयका सचिव पुष्करले भने, ‘सार्वजनिक वित्त व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहको क्षेत्र नेपाल सरकारको सुधार एजेन्डाको सधैं उच्च प्राथमिकतामा छ । वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहको अभिवृद्धि तथा सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार बजेटको प्राथमिकतामा छ । विभिन्न सुधारका पहलहरूमार्फत वित्तीय व्यवस्थापनलाई पोषण र वित्तीय संघीयताको प्रवर्धन गर्न यो कार्यक्रम डिजाइन गरिएको हो ।’

एडीबीका नेपाल निर्देशक काचोइसलले नेपालले सहयोग रकम सदुपयोग गर्ने विश्वास व्यक्त गरे । ‘एडीबी समर्थित कार्यक्रम वित्तीय स्थायित्व र वित्तीय संघीयतालाई प्रवर्धन गर्न सुधारहरू सहज बनाउन महत्वपूर्ण कार्यक्रम हो । यो १५औं पञ्चवर्षीय योजनामा ​​उल्लिखित सरकारको मध्यकालीन र दीर्घकालीन राष्ट्रिय विकास योजनाहरूसँग सम्बद्ध छ,’ उनले भने, ‘सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने आर्थिक विकासको भिजनमा सहयोग हो ।’प्रस्तावित कार्यक्रम नीतिमा आधारित बजेट सहयोग हो । जसअन्र्तगत २ वटा उपकार्यक्रमहरू छन् । सो मध्येको उपकार्यक्रम १ सम्पन्न भएको र उपकार्यक्रम २ ले राष्ट्रिय र स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका क्षेत्रहरूमा सुधारका काम जारी राख्न उक्त सहयोग रकम खर्च गर्ने मन्त्रालयले जनाएको छ ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni १२ घण्टा अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni १४ घण्टा अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni १५ घण्टा अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *