• Home
  • समाचार
  • भारतीय क्रिकेटर एस श्रीसान्तविरुद्ध धोकाधडीको अभियोगमा मुद्दा दर्ता
Image

भारतीय क्रिकेटर एस श्रीसान्तविरुद्ध धोकाधडीको अभियोगमा मुद्दा दर्ता

काठमाडौं । भारतीय क्रिकेट टोलीमा केही यस्ता खेलाडी छन् जो करियरको सुरुदेखि नै विवादमा आइरहेका छन् । तीमध्ये सर्वाधिक विवादास्पद नामका रुपमा भारतीय टोलीका पूर्व क्रिकेटर एस श्रीसान्तलाई लिन सकिन्छ ।

क्रिकेट करियरमा उनलाई कहिले मैदानमा हरभजन सिंहबाट थप्पड खानु परेको थियो भने म्याच फिक्सिङको आरोपमा जेल नै जानु परेको थियो । ती आरोपबाट सफाइ पाएर निजी जीवनमा फर्किएका श्रीसान्त फेरि ठूलो समस्यामा परेका छन् । उनीविरुद्ध केरलाका सतीश गोपालन नामका व्यक्तिले ठगीको आरोप लगाएका छन् ।

केरलाको कन्नूर जिल्लामा बस्ने सतीश गोपालनले एस श्रीसान्त र अरु दुई जनाविरुद्ध ठगीको मुद्दा दायर गरेका छन् । सन् २०१९ मा राजीव कुमार र वेंकटेश केनीले खेलकुद एकेडेमी बनाउने भन्दै १८.७ लाख रुपैयाँ लिएको गोपालनले बताएका छन् । यसमा श्रीसान्त उनको तेस्रो पार्टनरको रुपमा चिनाइएको छ । यो एकेडेमी कोल्लुरमा निर्माण गर्ने भनिए पनि यसको शिलान्यास पनि हुन सकेको छैन । पैसाको लेनदेनमा श्रीसान्त संलग्न नभएको तर उनको नाम लिएको भन्दै सतीशले पैसा लगानी गरेको पनि बताए ।

सतीशको आरोपमा प्रहरीले श्रीसान्तसँगै वेंकटेश र राजीवविरुद्ध मुद्दा दर्ता गरेको छ । श्रीसान्तलाई यस मामिलामा तेस्रो अभियुक्त मानिएको छ । भारतीय प्रहरीले आईपीसीको धारा ४०२ अन्तर्गत तीन जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

श्रीसान्त विरुद्ध यस्तो मुद्दा आएको यो पहिलो पटक होइन । यसअघि सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको मुद्दामा पनि पक्राउ परेका थिए । त्यसपछि उनी राजस्थान रोयल्सको टोलीमा थिए । बीसीसीआईले श्रीसान्तलाई आजीवन प्रतिबन्ध लगाएको थियो तर, ७ वर्षपछि श्रीसान्त निर्दोष पाइएपछि उनीमाथिबाट यी सबै मुद्दा हटाइयो र प्रतिबन्ध पनि हट्यो । त्यसयता श्रीसान्त केरलाका लागि घरेलु क्रिकेट खेल्दै आएका छन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *