For Youtvnepal long gif
Image

९.८७ अंकले बढ्यो सेयर बजार

काठमाडौँ। साताको अन्तिम दिन बजारमा आज भने करिब १० अंकले वृृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.८७ अंकले बढेर १,८६० दशमलव २० को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज मायक्रोफाइनान्स र अन्य उपसूचक बाहेक सबै उपसमुह बढेका छन् । आज दिनभरिमा २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीले लाभांश घोषणा गरेको थियो । आज यस कम्पनीले लाभांश घोषणामा नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेसँगै लगानीकर्ता निराश भइ शेयर मूलय घटेको हो । आज यस कम्पनकिो शेयर मूलय ४६ रुपैयाँले घटेको हो ।

आज सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानकिर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कमपनीका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले गुमाएका हुन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ७ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ७ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *