• Home
  • समाचार
  • युक्रेन नै शान्ति वार्ताबाट पछि हटेको राष्ट्रपति पुटिनको आरोप
Image

युक्रेन नै शान्ति वार्ताबाट पछि हटेको राष्ट्रपति पुटिनको आरोप

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युक्रेनसँगको शान्तिवार्तालाई अस्वीकार नगरेको बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसले युक्रेनसँगको शान्ति वार्तालाई कहिल्यै अस्वीकार नगरेको बताउँदै उल्टै युक्रेन नै वार्ता प्रक्रियाबाट पछि हटेको आरोप लगाए । जी २० नेताहरूको शिखर सम्मेलनमा भर्चुअल सम्बोधनमा पुटिनले सैन्य कारबाही जनताका लागि दुःखद भएको बताएका थिए । उनले भने, ‘यो त्रासदीलाई कसरी रोक्ने भनेर विश्वले सोच्नुपर्छ ।’

केही नेताहरूले आफ्नो भाषणमा युक्रेनमा रुसको निरन्तर आक्रामकता भन्दै लगाउने गरेको आरोपबाट आफू स्तब्ध भएको पनि बताए । ‘विश्वलाई सामूहिक र सर्वसम्मत निर्णयको आवश्यक छ । संसार कठिन चरणबाट गुज्रिरहेको छ । विश्वव्यापी आर्थिक वृद्धिका नयाँ केन्द्रहरू देखा परिरहेका छन्। विश्वव्यापी लगानी, व्यापार, उपभोग एसिया, अफ्रिका, ल्याटिन अमेरिकी क्षेत्रहरूतर्फ सर्दैछ।

अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र, ऊर्जा र खाद्य सुरक्षामा समस्या बढ्दै गएको छ । रूसले यस क्षेत्रमा आफ्ना सबै दायित्वहरू पूरा गर्दछ ।’ पुटिनले भनेका छन् । पुटिनले दिगो विकास लक्ष्य (एसडीजीएस) को सन्तुलित उपलब्धि, पृथ्वीको जलवायु संरक्षण, जैविक विविधता र विश्व अर्थतन्त्रको डिजिटल रूपान्तरणमा रूसले योगदान दिन जारी राख्ने कुरामा जोड दिए । यस्तै पुटिनले रुस पनि जी २० भित्रका गम्भीर समस्या समाधान गर्न मिलेर काम गर्न तयार रहेको प्रतिवद्धता पनि जनाए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *