इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफर्डमाथि म्यानचेस्टर सिटीको सहज जित
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ २७ गते
शीर्ष स्थानमा रहको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । बुधबार भएकोको खेलमा सिटीले ब्रेन्टफर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।चेल्सीलाई जित दिलाउनको लागि रियाद महारेज र केभिन डि ब्रुयनले समान एक–एक गोल गरेका थिए ।खेलको ४०औँ मिनेटमा महारेजले पोनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई ब्रेन्टफर्डका खेलाडीले फउप गरेपछि सिटीले पेनाल्टी पाएको थियो ।६९औँ मिनेटमा ब्रुयनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले स्टर्लिङको पासमा गोल गरेका थिए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सिटीले जित्यो ।यो जितसँगै शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १२ अंकले पछि पारेको छ । सिटीले २४ खेलबाट ६० अंक जोडेको छ भने लिभरपुलको ४२ अंक रहेको छ । पराजित ब्रेन्टफर्ड २३ अंकसहित १४औँ स्थानमा रहेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि