• Home
  • समाचार
  • भोलिको शक्ति प्रदर्शनलाई आयोगले अनुगमनका लागि टोली परिचालन गर्ने
Image

भोलिको शक्ति प्रदर्शनलाई आयोगले अनुगमनका लागि टोली परिचालन गर्ने

काठमाडौं । आज काठमाडौंमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनलाई आयोगले नजिकबाट निगरानी गरी अनुगमनका लागि टोली परिचालन गर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तोपबहादुर मगरले दुई समूहले बताएका छन् ।

काठमाडौंका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क र सजग रहेको अध्यक्ष मगरले बताए ।

उनले आयोगले जिल्लाहरुमा रहेका शाखामार्फत् पनि निगरानी गरिरहेको उल्लेख गर्दै आयोग भोलिको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन सतर्क रहेको बताए ।

‘आयोगले अनुगमन गर्न टोली पठाउँछ । अनुगमन टोली दुवै ठाउँमा जान्छ । भोलि टोलीले कार्यक्रम स्थलमा गएर त्यहाँको अनुगमन गर्छ, त्यहाँ के गर्नुपर्छ र कुन अवस्था आउँछ भन्ने कुरा हाम्रो टोलीले राम्ररी हेर्छ । त्यसको लागि कार्ययोजना बनाइसकेका छौं । हिंसा हुन नदिन सतर्क छौं,’ अध्यक्ष मगरले भने ।

आयोगले भोलिको प्रदर्शनलाई नजिकबाट निगरानी गरी टोली नै परिचालन गरेर फिल्डमा खटाउन लागेको भन्दै उनले मानव अधिकारको रक्षा, प्रवर्द्धन र सम्वर्द्धनमा आयोग दृढ भएर लागेको जानकारी दिए । उनले सरकारलाई भोलि हुन लागेको दुवै समूहको शक्ति प्रदर्शन शान्तिपूर्ण बनाउन ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, स्वतन्त्र कानून व्यवसायी मञ्चले भोलि हुने दुई समूहको प्रदर्शनको मुख्य उद्देश्य नै एक समूहले अर्को समूहलाई निषेध गर्न, हिंसा भड्काउनेतर्फ लक्षित देखिएको भन्दै आयोगका अध्यक्ष मगरलाई स्थलगत निरिक्षण र मानव अधिकार हनन र हिंसा हुन नदिन सतर्कता अपनाउन ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका संयोजक यज्ञमणि न्यौपानेले बुझाएको विज्ञप्तिमा भनिएको छ, ‘शक्ति प्रदर्शन गर्न लागेका दुई समूहले एकअर्कालाई निषेध गर्ने क्रममा मानव अधिकारको गम्भीर रुपमा उल्लंघन हुने सम्भावना देखिन्छ । त्यसलाई नियन्त्रण तथा व्यवस्थापन गरी मानव अधिकारको संरक्षणका खातिर सो कार्यक्रममा राज्य पक्षबाट हुन सक्ने ज्यादतीबाट गम्भीर मानव अधिकार उल्लंघनलाई रोक्न यस आयोगका तर्फबाट सक्रिय भूमिका निर्वाह गरियोस् ।’मञ्चले आयोगलाई आवश्यक परे स्थलगत अनुगमन कार्यमा समन्वय गर्न तयार रहेको समेत जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *