• Home
  • समाचार
  • साहित्यकार तथा गीतकार सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक
Image

साहित्यकार तथा गीतकार सरलाको ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक

काठमाडौं । साहित्यकार तथा गीतकार सरला श्रेष्ठद्वारा रचित ‘ए मेरो मनको राजा’ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा गीतकार संघ नेपालद्वारा आयोजित कार्यक्रमकाबीच ‘ए मेरो मनको राजा’ गीतको सार्वजनिक गरिएको हो । यसै अवसरमा शारदा मासिक ९विशेषाङ्क सरला श्रेष्ठका गीतहरु० पनि लोकार्पण गरियो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत सङ्गीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने, ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ । यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ६ दिन अगाडि
1 Comments Text
  • 注册 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/en-IN/register-person?ref=WTOZ531Y
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *