• Home
  • समाचार
  • अमेरिकाको पहलमा इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम
Image

अमेरिकाको पहलमा इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम

काठमाडौं । अमेरिकाको पहलमा इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको छ । ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् ।उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगति भइरहेको ब्रिफिङ पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ ।

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रम गरेको थियो । बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । करिब ४०० जना बेपत्ता छन् । हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *