• Home
  • समाचार
  • टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी
Image

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ।

गत कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसका विरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च पुगेका थिए। उनीहरूले टिकटकमा लगाएको प्रतिबन्ध हटाउन माग गरेका थिए। त्यसका लागि सरकारका नाममा अन्तरिम आदेश दिनुपर्ने जिकिर गरेका थिए।

तर, रिट निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन। यसमा कारण देखाउ आदेश जारी गरेको हो। नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले टिकटकमा प्रतिबन्ध लगाएको भन्दै विवाद न्यायलय छिरेको थियो। नेपालविरुद्ध अनर्गल प्रचार एवं अश्लील गतिविधि भएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *