For Youtvnepal long gif
  • Home
  • समाचार
  • गाजाको अस्पतालमा २४ बढी बिरामीको मृत्यु
Image

गाजाको अस्पतालमा २४ बढी बिरामीको मृत्यु

काठमाडौं । गाजाको अल शिफा अस्पतालमा विगत दुई दिनमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको छ ।इजरायली सेनाले सो अस्पतालमा छापा मार्ने क्रम जारी रहेको बखतमा २४ भन्दा बढी बिरामीको मृत्यु भएको अस्पतालका अधिकारी र गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इन्धन अभावका कारण शनिबारदेखि सेवा अवरुद्ध भएको अस्पतालमा विगत ४८ घण्टामा २४ जना बिरामीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार भने, ‘विद्युत अवरुद्धका कारण अत्यावश्यक चिकित्सा उपकरणहरूले काम गर्न छाडेको कारण पछिल्लो ४८ घण्टामा विभिन्न विभागमा २४ जना बिरामीको मृत्यु भएको छ।’अल शिफा अस्पतालका निर्देशक मुहम्मद अबू सल्मियाले अल जजीरालाई भने कि रातभर मात्रै २२ बिरामीको मृत्यु भएको थियो।

स्वास्थ्य सुविधा उत्तरी गाजामा इजरायलको भू आक्रमणको केन्द्रबिन्दु बनेको छ, त्यहाँ आश्रय खोज्ने सयौं बिरामी र हजारौं नागरिकहरूको भाग्यको बारेमा बढ्दो अन्तर्राष्ट्रिय चेतावनीको बीचमा बुधबारदेखि इजरायली विशेष सुरक्षाा बलहरूले अस्पतालमा सर्च अभियान चलाएका छन् ।

इजरायलले हमासका लडाकुहरूले अस्पताल मुनि रहेको सुरुङमा हमला गर्न प्रयोग गरिरहेको आरोप लगाएको छ। हमास र अस्पतालका अधिकारीहरूले बारम्बार दावीहरूलाई अस्वीकार गर्दै आएका छन्।

इजरायलले आफ्नो सेनाले दुई दिनसम्म परिसरको खोजी पछि ठूलो संख्यामा हतियारसहितको एउटा गाडी र हमासको टनेल शाफ्ट भनिने भूमिगत संरचना फेला पारेको बताएको छ। इजरायली सेनाले यो पनि भनेको छ कि उसले अस्पतालको मैदान नजिकै भवनमा दुई बन्धकको शव फेला पारेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने कि छापा मारेर अस्पतालमा चिकित्सा सेवाहरू ध्वस्त भएको छ, जहाँ संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ कि २३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टाइनीहरूले इजरायली सेनाहरू भित्र पस्नु अघि आश्रय लिइरहेका थिए।

अल शिफाका कर्मचारीहरूले शुक्रबार अस्पतालमा एक समय पूर्व शिशुको मृत्यु भएको बताए, इजरायली सेना प्रवेश गरेपछि दुई दिनमा त्यहाँ मर्ने पहिलो बच्चा हो। अस्पताललाई इजरायली सेनाले घेरेको बेला अघिल्लो दिनमा तीन जनाको मृत्यु भएको थियो।

अल शिफा अस्पतालका निर्देशक मुहम्मद अबू सल्मियाले अल जजीरालाई भने कि मेडिकल परिसर ‘ठूलो जेलू र भित्रका सबैका लागि सामुहिक चिहान’ भएको छ। ‘अब हामीसँग केही पनि बाँकी छैन्, न शक्ति, न खाना, न पानी। प्रत्येक बितेको मिनेटसँग, हामी एक जीवन गुमाउदैछौं। रातारात हामीले २२ जना गुमायौं रे विगत तीन दिनदेखि अस्पताललाई घेराबन्दीमा राखिएको छ,’ सल्मियाले भने।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *