• Home
  • समाचार
  • नेपाल क्लियरिङ हाउसले गर्यो लाभांश घोषणा
Image

नेपाल क्लियरिङ हाउसले गर्यो लाभांश घोषणा

काठमाडौं । नेपाल क्लियरिङ हाउसले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कूल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।कम्पनीले लाभांश मध्ये २८.५० प्रतिशतले हुन आउने २२ लाख ३२ हजार ६२१ कित्ता बोनस सेयर दिने भएको छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.५० प्रतिशतले हुन आउने १ करोड १७ लाख ५० हजार बराबरको नगद लाभांशसमेत दिने भएको छ।

कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्नेछ। लाभांश वितरण सहित विभिन्न प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ।

सभामा कम्पनीले लाभांश वितरणको प्रस्तावलाई प्रमुख एजेण्डा बनाएको छ। यसका साथै अधिकृत पुँजी वृद्धि गरि २ अर्ब पुर्‍याउने, चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कार्यतालिका रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८–२०७९ मा लगानीकर्ताहरुलाई कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *