For Youtvnepal long gif
  • Home
  • समाचार
  • सुरुङमा थुनिएका मजदूरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो
Image

सुरुङमा थुनिएका मजदूरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो

काठमाडौं । भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाईएको हेभी अमेरिकन अगर मेसिनले हिजो बिहीबारदेखि उत्खनन् सुरु गरेको छ । ड्रिलिंग पछि, एस्केप टनेलमा ठूला व्यासको स्टिल पाइपबाट निकास तयार भइरहेको छ।

अगर मेसिनबाट ड्रिलिङको काम सुरु भए पनि साँझसम्म डेढ पाइप मात्रै भग्नावशेषमा हाल्न सकिएको थियो । अलाइनमेन्टमा विशेष ध्यान दिँदा पाइप वेल्डिङमा एकदेखि डेढ घण्टा समय लाग्ने गरेको बताईएको छ । सुरुङमा करिब १ देखि १ मिटर फोहोर फैलिएको छ । यसबाट उद्धार कार्यमा अझै एक–दुई दिन लाग्ने अनुमान गरिएको छ ।

बिरामी मजदूरलाई पाईपबाटै औषधि
मंगलबार राति सुरुङभित्र रहेका एक मजदुरको स्वास्थ्य अवस्था बिग्रन थालेको थियो । उनलार्ई रिँगटा लागिरहेको र वान्ता भइरहेको सूचना पाएपछि बाँकी कामदार डराएका थिए । त्यसपछि चिकित्सकको सल्लाहमा पाइपमार्फत उनीहरुलाई औषधि पठाइएको थियो । कतिपय मजदूरले ज्वरो आउने, शरीर दुख्ने र नर्भस हुने गुनासो गरिरहेका छन् । उनीहरूलाई औषधि र कसरी लिने भनेर पर्चा पनि पठाइयो । मजदुरको अवस्था बिग्रिएको सुनेपछि उनीहरुका सहकर्मीले पनि चिन्ता गरेका थिए ।

पाईपबाटै खानेकुरा
कतिपय कामदारको स्वास्थ्य बिग्रिएको खबर पनि आएको छ । तर, हरेक आधा घण्टामा कामदारलाई खाद्यान्न पठाइँदै छ । पाइपबाटै अक्सिजन, बिजुली, औषधि र पानी पनि निरन्तर आपूर्ति भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रतिघण्टा पाँचदेखि सात मिटरको गतिको मेसिनले निकास खोलिँदै गरेको र सुरुङभित्र फसेका मजदुरसम्म छिट्टै पुग्ने बताए । उनले भने, उत्तराखण्ड सरकारले राज्यमा निर्माणाधीन सबै सुरुङहरूको समीक्षा गर्ने निर्णय गरेको छ ।

सबै मजदूर सकुशल
सिल्कारा पुगेका प्रदेश प्रहरी महानिर्देशक अशोक कुमारले सुरुङमा फसेका सबै मजदुर सकुशल रहेको र उनीहरुसँग निरन्तर वार्ता भइरहेको बताए । सुरुङमा फसेका झारखण्ड निवासी १२ वर्षीय महादेवले मामासँग कुरा गरेका थिए । महादेवले आफू र उनका सबै साथी सकुशल रहेको बताए । सुरुङमा फसेका महादेवको मामासँग कुरा गरेको अडियो पनि सार्वजनिक भएको छ । चारधाम अल वेदर रोड आयोजना अन्तर्गत निर्माणाधीन सुरुङको केही भाग सिल्क्यरातर्फ भत्किएको थियो ।

उत्तरकाशीको सिल्क्यरा सुरुङको एक भाग भत्किँदा फसेका मजदुरको उद्धार गर्न वायुसेनाको विमानबाट दिल्लीबाट चिन्यालिसौरमा हेभी अगर मेसिन पठाइएको थियो । राज्य सरकारको अनुरोधमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा सेनाको अल्ट्रा–आधुनिक अगर मेसिन उपलब्ध गराइएको बताइएको छ । ग्रिन करिडोर बनाएर यी मेसिनलाई घटनास्थलमा पठाइएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *