• Home
  • समाचार
  • अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति, चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैन
Image

अमेरिका भ्रमणमा चिनियाँ राष्ट्रपति, चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन् । उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए । दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यी दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार (नोभेम्बर १६) आफ्नो देशले कुनै पनि द्वन्द्व वा युद्ध भड्काएको वा विदेशी भूमिको एक इन्च पनि कब्जा नगरेको दाबी गरेका छन् ।

अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समूहको बैठक चलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साईडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतिक्षित वार्ताको केही घण्टापछि विदेशी भूमिसँग सम्बन्धित भनाइ दिएका हुन्। सो क्रममा दुवै नेताले एक वर्षमा पहिलो पटक भेटेर तनाव कम गर्ने वाचा गरेका थिए ।

सी जिनपिङले जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष वा सोभन्दा बढी अवधिमा चीनले कुनै पनि द्वन्द्व वा युद्ध उक्साएको वा कुनै विदेशी भूमि कब्जा नगरेको दाबी गरे। तर, भेटका क्रममा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङलगायत चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति चिन्ता व्यक्त गरेका थिए ।

ह्वाइट हाउसको प्रतिवेदनका अनुसार राष्ट्रपति बाइडेनले मानवअधिकारको विश्वव्यापीता र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धताहरूको सम्मान गर्ने सबै देशहरूको दायित्वलाई जोड दिए। उनले सिनजियाङ, तिब्बत र हङकङलगायत पीआरसी मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरे।

यो बैठक नोभेम्बर ११ देखि १७ सम्म चल्नेछ । यसमा सहभागी हुन धेरै देशका नेता अमेरिका पुगेका छन् । यस बैठकमा चीनको कडा व्यापार निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राखिएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *