• Home
  • समाचार
  • ९८ प्रतिशतले घट्यो नेशनल इन्स्योरेन्स कम्पनीको नाफा
Image

९८ प्रतिशतले घट्यो नेशनल इन्स्योरेन्स कम्पनीको नाफा

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र नाफा दुबै घटेको छ ।

१ अर्ब २९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा १ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब २४ करोड १९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड १ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ र८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा ७० करोड ११ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १४ करोड २६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ९८ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले २३ लाख ११ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन घटेको हो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *