For Youtvnepal long gif
  • Home
  • समाचार
  • भारतको जम्मु–कश्मीर मार्गमा बस दुर्घटनाः ३६ यात्रुको मृत्यु
Image

भारतको जम्मु–कश्मीर मार्गमा बस दुर्घटनाः ३६ यात्रुको मृत्यु

काठमाडौं । भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीनसय फिट गहिरो खोंचमा खसेको छ । यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले जनाएको छ ।
यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गईरहेको थियो ।

प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका थिए ।सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो ।

घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ ।बसमा ५५ जना यात्री सवार थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैंयाँ र घाईतेलाई ५० हजार रुपैंयाँ सहयोग दिने घोषणा गरिसकेका छन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *