Trending

सामाजिक सञ्जल टिकटक तत्काल बन्द गर्ने सरकारको निर्णय

1.7kViews
0 Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने र घृणा फैलाउने कार्य भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको शर्माले बताइन् ।

‘क्याविनेटले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको छ । निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ । केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ । आवश्यक प्राविधिक व्यवस्था गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तैयारीमा लागिसक्नुभएको छ ।’मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय