Image

सन्तोष अधिकारीको ‘चित्रा’को छायांकन ३० दिनमा सकियो

काठमाडौं, ३० असाेज ।  सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ । यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

फिल्मलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए । फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।

यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ,  उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा  अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्)ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको  ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि  सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १९ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *