• Home
  • ताजा समाचार
  • एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला
Image

एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला

काठमाडौं ।  एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला । १६ जुलाइमा हुने एनसीसी बेल्जियमको निर्वाचनका कारण युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी सरगर्मी बढेको छ

अध्यक्षका लागि तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए । नारायण सिलवालले तिर्थराज धमलालाई समर्थन गर्ने भएका छन् भने अनुजा प्रधान पनि चुनावी मैदानबाट बाहिरिएकी छन् ।

धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् भने यसअघिको कार्यकालमा उनले महासचिव भएर काम गरेका थिए ।

आफुले अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी इमान्दारीपूर्वक निभाएकोले अध्यक्ष बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता रहेको धमलाले बताए । एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको र आफु त्यसमा परिपक्क भइसकेको धमलाको भनाई छ ।

‘योजनासहित आएको छु। नेतृत्व हाँक्न सबै हिसाबले तयार छु।’ बेल्जीयममा रहनुभएका युवा, बुद्धिजीवि, महिला, तथा सम्पुर्ण बेल्जियमवासी एनआरएनहरुको हौसलाले नै म अगाडी बढेको हुँ, सवैजना मेरो पक्षमा हुनुहुन्छ, निर्वाचन जित्छु भन्नेमा ढुक्क छु, उनले भने ।

source by Bikrant karki (reporter )

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *