Image

प्रेम अस्वीकृत भएपछि पाकिस्तानवाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या

लन्डन, १३ असार बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।

ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाईएको हो । 

हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन । मृत्यु हुने ती युवती पनि पाकिस्तानकी हुन् । हत्याराले पाकिस्तानबाट लण्डन गएर युवतीको हत्या गरेका थिए ।

हत्यारालाई कारबाही भएपछि युवतीका बुबाले आफ्नी छोरीलाई जनावरले पनि राम्रो व्यवहार गर्ने बताए ।

२१ वर्षीय हिना बशीर र २८ वर्षीय मोहम्मद अर्सलान पाकिस्तानको सोही गाउँका बासिन्दा थिए। हिना ११ वर्षकी हुँदादेखि नै अर्सलानको पिछा गर्ने गरेको यो । उनी हिनासँग बिहे गर्न चाहन्थे ।

तर हिनासँग अर्सलानको प्रेम एकतर्फी थियो। हिनाले उनलाई साथीको रुपमा मात्र हेर्थिन् । अर्कोतर्फ, अर्सलानले मानिसहरूलाई हिना आफ्नो मंगेतर भएको र दुवैले चाँडै विवाह गर्न लागेको बताउँदै आएका थिए ।

सन् २०२१ मा हिना थप अध्ययनका लागि लण्डन गइन् । अर्कोतर्फ हिना लण्डन गएपछि अर्सलान चिन्तित भए । त्यसपछि उनले लण्डनको एउटा कलेजमा एमएमा भर्ना पनि गरे । उनले पाकिस्तानमा एमए गरिसकेका बेला इस्लामावादको एउटा कम्पनीमा काम गरिरहेका थिए ।

लण्डन आएपछि पनि अर्सलान हिनालाई पछ्याउँथे । यहाँ उनले हिनालाई अर्कै केटा मन परेको कुरा पनि थाहा पाए । यसले उनलाई यति रिस उठ्यो कि उनले लन्डनमै हिनाको हत्या गरे । अनि सुटकेशमा हालेर शव खाेलामा पःालिदिए । 

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *