• Home
  • राजनीति
  • जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन प्रदीप पौडेलको माग
Image

जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन प्रदीप पौडेलको माग

काठमाडौं, ११ असार । पशुपतिनाथमा राखिएको जलहरीको विषयले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

माओवादीका सांसद देवेन्द्र पौडेलले जलहरीको नापतौल तथा सुनको भए नभएको विषयमा भएको गतिविधिबारे सदनलाई जानकारी गराउन माग गरे भने कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे । 

जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएको र  यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियामा प्रश्न उठाउँदै उनले जलहरी प्रकरणको छानबिनका लागि संसदले समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *