Image

प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।

तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि विरोधको क्रम रोकिएको छैन ।

यो फिल्मलाई निर्देशक राउत दुई भागमा बनाउन चाहन्थे । फिल्ममा प्रभासको प्रमुख भूमिका रहेकाले प्रभाषले नै अभिनय गरेको ब्लकबस्टर फिल्म ‘बाहुबली’जस्तै ‘आदिपुरुष’लाई पनि दुई सिरिजमा बनाउन चाहन्थे । तर त्यो काममा प्रभासले नै अवरोध गरे । फिल्मको लम्बाई ३ घण्टा २० मिनेटको भएकाले पनि ओमले फिल्मलाई दुई भागमा निर्माण गर्न चाहेका थिए । लामो समयावधिको फिल्म हेरिरहँदा दर्शकलाई दिक्क लाग्ने उनको बुझाई थियो । त्यहीकारण उनी फिल्मको सुटिङ अझ एक महिना लम्ब्याउन चाहन्थे ।

यद्यपि प्रभासले ओम र फिल्मको टिमलाई फिल्मलाई दुई भागमा निर्माण गर्नु फिल्मका लागि सही नहुने दृष्टिकोण राखेका थिए । प्रभासको सुझाव पछि निर्माण पक्षले दुई भागको ‘आदिपुरुष’ बनाउने योजना रोकिएको थियो ।

६ सय करोडको लागतमा बनेको यो फिल्मले विरोधका बाबजुद बक्स अफिसमा तीन दिनमा ३ सय ४० करोड व्यापार गरेको थियो । तर सामाजिक सञ्जालमा फिल्मबारे गरिएको नकारात्मक प्रतिक्रियाले यसको व्यापारमा गिरावट आइरहेको छ । निर्माताले फिल्मको टिकट मूल्य घटाएर भए पनि लगानी उठाउने ध्याउन्नमा लागिपरेका छन् ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *