Image

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडे…

नयाँ दिल्ली, ११ असार । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् । 

लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि  जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए । 

समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो ।

दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो । स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।

विमानमा सवार भारतीय मुलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए । उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्र्दै गुनासो गरेका थिए ।

यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो । तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो । पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरवाट दिल्ली पठाउने ब्यवस्था गरेको थियो ।

उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए । 

यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *