सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन संसदमा माग

1.5kViews
0 Shares

काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । 

‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ बैठकमा उनले भने । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय