• Home
  • राजनीति
  • संसदमा प्रधानमन्त्रीको जवाफ– मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन
Image

संसदमा प्रधानमन्त्रीको जवाफ– मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मधेश प्रदेशमा कम बजेट दिएको भन्ने सत्य नरहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए । 

सांसद अजयकुमार चौरासियाको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ । त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ । आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।

मधेश प्रदेशमा विभिन्न योजनाका लागि बजेट छुट्याएको बताउँदै उनले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत बजेटको प्रबन्ध गरिएको  बताए । 

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ४ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *