• Home
  • अर्थ
  • सुनचाँदीको भाउमा लगातार ओरालाे
Image

सुनचाँदीको भाउमा लगातार ओरालाे

काठमाडौ,  ८ असार । सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो । 

 त्यस्तै,चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *