ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
ओखलढुंगा, ८ असार । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप बिबरण आउन बाँकी छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि