Trending

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु

1.3kViews
0 Shares

न्युर्योक, ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । 

टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।

साे सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको छ ।’

राेयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो,’ अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने।

‘६.७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन ? भनेर कुनै उल्लेख गरिएको छैन।

‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सबन्धित छ,’ मौगरले भने ।

संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतवार बिहान सम्पर्क बिच्छेद हुन पुगेको थियो । समुन्द्रको गहिराईमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतवार देखी नै पाँच राष्ट्रका पनडुब्बी बिज्ञहरुले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरु फेला परे पछि बिष्फोट भएको पुष्टी भएको हो ।

कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन्,’  

उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपती बाऊछोरा, बेलायती अर्वपति र पाइलटसहित पाँच जना सवार थियो ।  
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय