Image

शाहरुख र आर्यनको बयान लिँदै सीबीआई

मुम्बई, ७ असार । अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन ।

समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप छ । उनीमाथि लागुऔषध मुद्धामा घुस र जबरजस्ती असुलीको आरोप पनि छ ।

अब भने सीबीआईले यो मुद्धालाई अगाडि बढाउनका लागि शाहरुख र आर्यनलाई बयान लिने तयारी गरिरहेको छ । सीबीआईले चाँडै नै आर्यनको बयान लिँदैछ । आर्यन पछि उसले शाहरुखको बयान लिनेछ । वानखेडेको इशारामा आरोपी किरण गोसावी र सेनविल डिजुसाले शाहरुखसँग २५ करोड मागेको आरोप छ । जबरजस्ती असुलीको यो योजनाको तहसम्म पुग्नका लागि बयान दर्ता गराउनुपर्ने आवश्यकता देखिएको छ ।

सीबीआईले आर्यनलाई कोर्डेलिया क्रुज मादक पदार्थ मामलामा नफसाउनका लागि शाहरुखसँग २५ करोड घुस मागेको आरोपमा वानखेडे र अन्य चारविरुद्ध ११ मेमा मुद्धा दर्ता गराएको थियो । भ्रष्टाचारको आरोपमा घेरिएका समीरमाथि शाहरुखकी मेनेजर पूजा ददलानीले आफूहरुसँग घुस मागेको बयान दिएपछि समीर संकटमा परेका हुन् । आर्यनलाई कोर्डेलिया क्रूज ड्रग्स मामलाबाट बचाउनका लागि १८ करोडमा डील फाइनल भएको थियो ।

जसमा ५० लाख रुपैंयाँ टोकन मनीका रुपमा दिइएको थियो । यो डिलको कुरा साक्षी प्रभाकर सेलले पनि आफ्नो अन्तिम बयानमा भनेका थिए । प्रभाकरले सन् २०२१ मा आर्यनलाई छुटाउनका लागि एनसीबीका एक अधिकारी र गवाह गोसावीसमेतका मानिसले २५ करोड रुपैंयाँ घुस मागेको दाबी गरेका थिए । प्रभाकरको हाल निधन भइसकेको छ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni २ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *