आदिपुरुषको एडभान्स बुकिङ टिकट धमाधम रद्द

1.4kViews
0 Shares

मुम्बई, ३  असार । फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।

फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।

सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।

रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय