• Home
  • अन्तराष्ट्रिय खबर
  • अमेजन जंगलमा ४० दिन पछि फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुुहुन्थ्यो’
Image

अमेजन जंगलमा ४० दिन पछि फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुुहुन्थ्यो’

कोलम्बिया, २ असार । अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको जानकारी दिएका छन् ।

सो बिमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन । 

वीवीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गईरहेको थियो ।

बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलवाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहेछिन ।’ 

अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको बिमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो । 

उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनाकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरुको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् । 

‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ ।’

उनले आफनो प्राण त्याग्नु अघि आफना सन्तानलाई भनेकी रहिछिन, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरुलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरुको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागि छिन,’ उनले भावुक हुदैँ भने ।
 

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ महिना अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ महिना अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *