Image

भारतमा ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद

नयाँदिल्ली, १ असार । ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ ।

राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।

सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।

पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।

अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथी  शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठुला मात्रामा फेला पर्न गयो  । 

अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो । 

सो बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ । 
 

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *